logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

    धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

    2.4K
    Shares
    धनुषा प्रहरीको हिरासत फोडेर भागेका थप एकजना पक्राउ

     

    जनकपुरधाम । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन् ।

    उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ बाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो । भागेका थुनुवाहरुमध्ये एकजना अझै फरार छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend