logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पहिचानसहितको कोशी प्रदेश नामाकरण हुनुपर्ने माग राख्दै ‘आम हड्ताल’

    पहिचानसहितको कोशी प्रदेश नामाकरण हुनुपर्ने माग राख्दै ‘आम हड्ताल’

    2.7K
    Shares
    पहिचानसहितको कोशी प्रदेश नामाकरण  हुनुपर्ने माग राख्दै ‘आम हड्ताल’

    मोरङ । पहिचानसहितको प्रदेश नामाकरण हुनुपर्ने जनाउँदै कोशी प्रदेशमा विरोध सुरु भएको छ।

    कोशी प्रदेश नामाकरण भएसँगै पहिचान पक्षधरले आइतबार प्रदेशका विभिन्न जिल्लामा यातायात, शैक्षिक, तथा कलकारखाना बन्द गराएका छन्।

    विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका पहाडी क्षेत्रमा यातायातमा आंशिक प्रभाव परेको छ। बन्द गराउँदै तोडफोडमा उत्रिएका ६ जनालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

    मोरङमा भने बन्दको प्रभाव अहिले बिहान खासै नदेखिएको कार्यालयले जनाएको छ।

    मोरङको बेलबारी, पथरी क्षेत्रमा बन्द गराउन केही मानिसमा सडकमा देखा परेको भएपनि अवस्था सामान्य रहेको छ।

    विराटनगरका यातायात व्यवसायी भुपाल केसीले विराटनगरबाट पूर्वतर्फ र उत्तर पहाडी जिल्लातर्फ सार्वजनिक सवारी नचलेको बताए। बन्दको प्रभाव इटहरी पूर्व र उत्तर धरानबाट पहाडी क्षेत्रमा परेको उनको भनाइ छ।

    यद्यपि, लामो दूरीका लागि विराटनगरबाट पश्चिमतर्फका सवारीमा कुनै अवरोध नभएको उनले बताए।

    केसीका अनुसार बिहानबाट काठमाडौँ, पोखरा, वीरगञ्ज जाने सवारीसाधन छुटिसकेका छन्।

    बन्दका कारण मोरङमा शैक्षिक संस्थासमेत आंशिक रूपमा बन्द भएको छ। हिसान मोरङका अध्यक्ष अमित ढकालले विराटनगरमा कलेजका आन्तरिक परीक्षा सञ्चालन भइरहेको जानकारी दिए।

    ढकालका अनुसार महानगरपालिकाभित्र भने बन्दको आंशिक प्रभाव रहेको छ। महानगरभित्रका बजार, सिटी सफारी, मोटरसाईकल सामान्य रुपमा चलेकाछन्।

    कोशी प्रदेशको नामाकरणविरुद्ध असन्तुष्टि जनाउँदै संघीय लिम्बूवान पार्टी, किरात राई यायोख्या, किरात याक्थुम चुम्लुंग लगायतका संस्थाले प्रदेशमा बन्दको आह्वान गरेका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend