काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.५६ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २००८.२६ विन्दुमा पुगेको छ । ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२५ कम्पनीको २ हजार १६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३९ वटा कारोबार भएको हो ।
यो सेसनमा १९ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।