सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्ने छैनन् : विप्लव

द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्ने छैनन् : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले द्वन्द्वकालीन मुद्धा र शान्ति सम्झौताले सम्बोधन गरेको विषयलाई उल्ट्याउन खोज्नेहरू देशमा टिक्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा माओवादी पृष्ठभूमिका आठ पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले नेपालमा जनता उठेको हेर्न नचाहने, विद्रोह गरेको हेर्न र अधिकारसम्पन्न भएको हेर्न नचाहनेहरू सलबलाएको जिकिर गरे ।

‘प्रधानमन्त्रीलाई समेत नियन्त्रण गर्न खोजेको छ । यहाँ आदिवासी, सुकुम्वासी, दलितलगायत जनताहरूको हालत के होला ? यो क्रान्तिको अपूर्णता हो । यो राज्य नेपाली जनताको भइसकेको छैन,’ उनले भने, ‘यसको उचित जवाफ दिन जरुरी छ । जनताको तागतबाट जन्मिएको व्यवस्था र परिवर्तनलाई सीमित मुट्ठीभरहरूको हातमा लगेर जनता र नेता–कार्यकर्तालाई अपराधीकरण गर्न खोजेका छन् । तिनीहरू यो देशमा टिक्ने छैनन् । हाम्रो प्रतिरोधको सामु टिक्ने छैनन् ।’

अहिलेको परिवर्तनलाई उल्टाएर ०४७ सालमा पुर्‍याउन खोजिएको भन्दै उनले वैज्ञानिक समाजवादतर्फ देशलाई लैजानुपर्नेमा जोड दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend