logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

    पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

    2.6K
    Shares
    पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

    काठमाडाैँ। आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीप लामिछाने एक्लेले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटियो ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।

    पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन ।

    बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

    नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।

    सन्दीप चम्किँदा ९५ रनमै  सिमीत पीएनजी

    बलिङमा सन्दीप लामिछाने चम्किँए पछि आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा नेपालले पपुवान्युगिनी (पीएनजी) बाट ९६ रनको झिनो लक्ष्य पाएको छ ।

    बलिङमा नेपाली टिमका स्पिनर हावी बन्दा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको पीएनजी ३२ ओभरमा ९५ रनमै समेटियो ।

    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडनसहित २५ रन खर्चिए । सन्दीपले एकदिवसीय क्रिकेटमा तेस्रो पटक एकै खेलमा पाँच विकेट लिएका हुन् ।

    ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले समान एक विकेट लिए ।

    पीएनजीका कप्तान असद भालाले २० रन बनाए । सेसे बाउले १८, चार्ल्स एमिनीले १६ र हिरी हिरीले १४ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    घरेलु मैदानमा जारी शृंखलामा नेपालले यसअघिका दुवै खेलमा जित निकालेको थियो । नेपालले शृंखलाको पहिलो खेलमा पीएनजीलाई ५२ रनले र दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनले पराजित गरेको थियो । नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ ।

    लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यक छ । यसअघि नेपालले आइतबार यूएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो ।

    लिग–२ चौथो स्थानमा रहेको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । समान खेलबाट ११ अंक जोडेको पीएनजीको भने एकदिवसीय मान्यता समेत गुमिसकेको छ । यस्तै, ३४ खेलबाट ३१ अंक जोडेको यूएई भने तालिकाको छैटौं स्थानमा छ ।

    सन्दीप चम्किँदा ९५ रनमै समेटियो पीएनजी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend