logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पद्योदयलाई देशकै नमूना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

    पद्योदयलाई देशकै नमूना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

    2.9K
    Shares
    पद्योदयलाई देशकै नमूना विद्यालय बनाउनुपर्छ : पूर्वसभामुख ढुंगाना

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताएका छन् । सोमवार पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरे । उनले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको बताए ।

    उनले भने, ‘पद्योदयलाई देशभरकै नमूना स्कुल बनाउनुपर्छ । प्रधानमन्त्रीले यसका लागि के गर्न सक्नुहुन्छ । त्यो गर्नुहुन्छ भन्ने आशा छ । यसलाई देशभरकै नमूना स्कुल बनाउन सकिन्छ । उहाँको अधिकतम सहयोग हामीले प्राप्त गर्नेछौँ । देशको प्रधानमन्त्री स्कुलको वार्षिकोत्सवमा आउनु भनेको साह्रै ठूलो कुरा हो । प्रधानमन्त्री आउनु आफैँमा गर्वको कुरा हो ।’

    पूर्वसभामुख ढुंगानाले शैक्षिक, भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने विश्वास व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend