logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चैत १ को पर्व एकदिन यता, सरकारले दियो सार्वजनिक बिदा

    चैत १ को पर्व एकदिन यता, सरकारले दियो सार्वजनिक बिदा

    3.7K
    Shares
    चैत १ को पर्व एकदिन यता, सरकारले दियो सार्वजनिक बिदा

    काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिने भएको छ  ।प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुर जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुलाई भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसअघिसम्म चैत १ गते खखडेहरा पर्वको अवसरमा बिदा दिइदैँ आएपनि सो मिति संशोधन गरी अहिले फागुन ३० गते बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

    प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार हिजो बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । उनले सूचनामा भनेका छन्, ‘प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा चैत १ गते कायम गरिएकोमा सो मिति संशोधन गरी चैत १ गतेको सट्टा फागुन ३० गते कैलाली र कञ्चनपुर जिल्लामा खखडेहरा पर्वको बिदा दिने भनी प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको जानकारी गराइन्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend