शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

निवर्तमान राष्ट्रपति भण्डारीको शीतल निवासबाट बिदाइ

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend