काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर निर्धारण गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भीआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ छुट्टइएको जानकारी दिएको हो।
चैत ८ देखि १७ गतेसम्म दशरग रंगशालामा हुने प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ७७ लाख रुपैयाँ खर्च हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
प्रतियोगिताका लागि ब्रोडकास्टिङ, टिकेटिङ र डिजिटल अधिकारका लागि एन्फाले न्युनतम ८० लाख रुपैयाँ तोकिएको प्रवक्ता शाहले बताए।