logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर निर्धारण

    त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर निर्धारण

    2.1K
    Shares
    त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर निर्धारण

    काठमाडौं । नेपाल, भुटान र लाओस  सम्मिलित प्रधानमन्त्री कप  त्रिदेशीय  फुटबल  प्रतियोगिताका  लागि टिकट  दर निर्धारण  गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भीआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ छुट्टइएको जानकारी दिएको हो।

    चैत ८ देखि १७ गतेसम्म दशरग रंगशालामा हुने प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ। शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्।

    प्रतियोगिता सम्पन्न गर्न १ करोड ७७ लाख रुपैयाँ खर्च हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

    प्रतियोगिताका लागि ब्रोडकास्टिङ, टिकेटिङ र डिजिटल अधिकारका लागि एन्फाले न्युनतम ८० लाख रुपैयाँ तोकिएको प्रवक्ता शाहले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend