logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राठी ग्रुपले तार उत्पादन बढाउन ५० करोड लगानी थप्दै, अन्नपूर्णको व्यापार साढे ३ अर्ब

    राठी ग्रुपले तार उत्पादन बढाउन ५० करोड लगानी थप्दै, अन्नपूर्णको व्यापार साढे ३ अर्ब

    767
    Shares
    राठी ग्रुपले तार उत्पादन बढाउन ५० करोड लगानी थप्दै, अन्नपूर्णको व्यापार साढे ३ अर्ब

    काठमाडौं । व्यवसायिक प्रतिष्ठान राठी ग्रुपले सञ्चालन गरिरहेको अन्नपूर्ण केबल इन्डष्ट्रिज प्रालिले तार र केबल उत्पादन क्षमता विस्तार गर्न लागेको छ । उद्योगले ५० करोड रुपैयाँ लगानीमा क्षमता विस्तार गर्न लागेको हो ।

    उद्योगले क्षेत्र विस्तारको लागि प्लान्ट स्थान स्थानान्तरण र स्तरवृद्धि गर्ने भएको छ । कुल परियोजना लागत ५० करोड रुपैयाँ छ । अन्नपूर्णले २ अर्ब ५६ करोड ऋणको रेटिङ पनि गराएको छ ।
    अन्नपूर्ण केबलको व्यापारमामा उछाल आएको छ ।

    २०२३ मा उद्योगको केबल व्यापार ४७ प्रतिशत बढेर ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ पुगेको छ । २०२२ मा अन्नपूर्ण केबलको व्यापार २ अर्ब २८ करोड ६० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा उद्योगको व्यापार १ अर्ब ७ करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यो वर्षको ७ महिनामा १ अर्ब ४१ करोड ४० लाख रुपैयाँको केबुल व्यापार गरेको उद्योगले जनाएको छ ।

    उद्योगले बजारको मागअनुसार विभिन्न भेरियन्टमा तार र केबल उत्पादन गर्दै आएको छ ।

    ओभरहेड वितरण र उच्च भोल्टेज पावर प्रसारणमा तारको प्रयोग गरिन्छ । यसमा घरको तार, बिजुलीका तारहरू विभिन्न छन् । यस्तै घरायसी, व्यावसायिक भवन, अस्पताल र सबै प्रकारका उद्योगहरूमा कम्पनीद्वारा निर्मित इनडोर र आउटडोर टेलिफोन र इन्टरनेट सेवाहरूको लागि तारको प्रयोग गरिन्छ ।

    उद्योगको मुलुकभरी २ सय १ वितरक छन् । उद्योगको प्रमुख कच्चा पदार्थहरू एल्युमिनियम रड, कपर रड, स्टिल तार भारत र मध्यपूर्व देशहरूबाट आयात गर्दै आएको छ । कच्चा वस्तुको लागत कूल आयको लगभग ८८ देखि ८९ प्रतिशतसम्म खर्च हुने गरेको उद्योगले जनाएको छ ।

    उद्योग २०२१ मा स्थापना भएको हो । उद्योगले विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको छ । उद्योग मोरङको विराटनगरमा छ । उद्योगले राठी र अन्नपूर्ण ब्राण्डमा बिजुलीको तार उत्पादन गर्दै आएको छ । ग्रुप दुई दशकदेखि व्यवसायमा संलग्न छ । उद्योगको अध्यक्ष श्याम राठी हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend