काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई एन्फा सदस्य सरिला श्रेष्ठ र एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।
प्यालेस्टाइनका भएको यू-२० महिला एसियन कप छनोटमा पहिलो चरणको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
नेपाललु समूहमा घरेलु टोली प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्डलाई समान ६-० ले पराजित गरेको थियो ।
यस समूहमा रहेको यूएईले नाम फिर्ता लिएपछि समूह बी मा तीन टिम मात्र सहभागी थियो ।
नेपालसँगै अष्ट्रेलिया, चीन, भियतनाम, म्यानमार, इरान, चाईनिज ताईपेई र लेवनान दाेस्राे चरणमा प्रवेश गरेका छन् ।