logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अष्टलक्ष्मीले जित्ने सम्भावना छ, अहिले सबै कारण चर्चा गर्नुहुँदैन भत्किन सक्छ : ओली

    अष्टलक्ष्मीले जित्ने सम्भावना छ, अहिले सबै कारण चर्चा गर्नुहुँदैन भत्किन सक्छ : ओली

    2K
    Shares
    अष्टलक्ष्मीले जित्ने सम्भावना छ, अहिले सबै कारण चर्चा गर्नुहुँदैन भत्किन सक्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले उपराष्ट्रपतिमा शाक्यले जित्नैपर्ने बताएका हुन् ।

    उनले यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक–दुई जनालाई मिलाउनुपर्ने बताए । ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए ।

    उनले भने, ‘ उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्छ, यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’

    उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताए ।

    अध्यक्ष ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए । उनले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरू छन्, अहिले सबै कारणहरूको चर्चा गर्नुहुँदैन भत्किन सक्छ । सम्भावनाको खोजी अन्तिम बेलासम्म गर्ने हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend