logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकदिवसीय वरीयतामा नेपालको छलाङ, पछि परे नामिबिया, युएई र पिएनजी

    एकदिवसीय वरीयतामा नेपालको छलाङ, पछि परे नामिबिया, युएई र पिएनजी

    3.5K
    Shares
    एकदिवसीय वरीयतामा नेपालको छलाङ, पछि परे नामिबिया, युएई र पिएनजी

    काठमाडौँ । नेपालले आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा ठूलो फड्को मारेको छ । आईसीसीले सार्वजनिक गरेको वरीयताअनुसार नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको १६औँ स्थानमा आइपुगेको हो ।

    यसअघि वरीयतामा रहेका २० टिममध्ये १९ हुँदै अघिल्लो साता १७ औँ स्थानमा आइपुगेको थियो । तर पछिल्ला ११ मध्ये १० खेलमा जित हातपारेसँगै नेपालको वरीयतामा लगातार सुधार हुँदै आएको छ ।

     

    आईसीसीले मंगलबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १६औँ स्थानमा आइपुगेको हो । वरीयतामा नेपालले नामिबिया, अमेरिका, युएई र पपुवा न्यूगिनीलाई पछि पारेको छ ।

    भारत, अस्ट्रेलिया र न्यूजिल्यान्ड वरीयताको शीर्ष ३ मा रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend