काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा फागुन २८ गते निवेदन पेश गरेको हो ।
प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. १७६ प्रिमियम थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासनका लागि कम्पनीले बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले चाहेकै मूल्यमा आईपीओ निष्कासनका लागि अनुमति पाए रू. ३ अर्ब ३१ करोड २० लाख बराबरको आईपीओ निष्कासनमा आउनेछ । आईपीओ विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।