logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईसीसी विश्वकप लिग टू : पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

    आईसीसी विश्वकप लिग टू : पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

    2.4K
    Shares
    आईसीसी विश्वकप लिग टू : पीएनजीबिरुद्ध यूएई ६ विकेटले विजयी

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको छ ।

    पीएनजीले दिएकाे २३५ रनको लक्ष्य यूएईले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यूएईका लागि कप्तान मोहम्मदले सार्वधिक ११९ रन बनाए । उनले ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गरे ।

    ओपनरका रुपमा आएका मोहम्मद वाजिमले भृत्य अरविन्दसँग १२५ रनको शतकीय साझेदारी गरे ।

    यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहति लिग २ को यात्रा सकाएको छ । यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend