logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्यानले भोलि हुने नेपाल र यूएईबीचको खेलको टिकट रकमबाट ‘खेलाडी कल्याणकारी कोष’ बनाउने

    क्यानले भोलि हुने नेपाल र यूएईबीचको खेलको टिकट रकमबाट ‘खेलाडी कल्याणकारी कोष’ बनाउने

    2.3K
    Shares
    क्यानले  भोलि हुने नेपाल र यूएईबीचको खेलको टिकट रकमबाट ‘खेलाडी कल्याणकारी कोष’ बनाउने

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ ।

    नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ । यो खेलबाट उठेको टिकटको सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानले बताएको छ ।

    क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको थिएन । ‘क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर कुनै कोष यसअघि अस्तित्वमा छैन,’ क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले भने, ‘तर हामीले अब कोषको आवश्यकता पनि महसुस गरेर यूएईसँगको खेलको टिकटबाट उठेको रकम जम्मा गरेर कोष बनाउन लागेका हौं ।’

    यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने उनले बताए । कोषको मुख्य उद्देश्य आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्नु रहेको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend