logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मौन अवधिमा मत मागेकाे भन्दै कांग्रेसविरुद्ध एमालेकाे  निर्वाचन आयोगमा उजुरी

    मौन अवधिमा मत मागेकाे भन्दै कांग्रेसविरुद्ध एमालेकाे  निर्वाचन आयोगमा उजुरी

    3.2K
    Shares
    मौन अवधिमा मत मागेकाे भन्दै कांग्रेसविरुद्ध एमालेकाे  निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

    उपराष्ट्रपतिको निर्वाचनको सन्दर्भमा कांग्रेसले गरेको निर्णयलाई लिएर उजुरी दर्ता गरिएको एमाले सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए । ‘आचारसंहिता उल्लङ्घनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी गरेका छौँ,’ सचेतक बर्तौलाले भनेका छन् ।

    गएराति १२ बजेबाट मौनअवधि सुरू भएको भएपनि कांग्रेसले उपराष्ट्रपतिको निर्वाचनलाई प्रभावित गर्नेगरी कुनै उम्मेदवरको पक्षमा निर्णय गरेर प्रचारप्रसार गरेको भन्दै उजुरी दर्ता गरिएको हो ।

    ‘उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिताविपरीत हुन्छ । तर, शून्य समय प्रारम्भ भइसकेको अवस्थामा कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिताविपरीत उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवको पक्षमा मत हाल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । यसले उपराष्ट्रपतिजस्तो गरिमामय पदको निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भएको छ,’ सचेतक बर्तौलाले भनेका छन् ।

    कांग्रेसको निर्णयले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको आरोप एमालेको छ ।

    यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend