logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ए डिभिजन लिग : एपिएफसँग त्रिभुवन आर्मी पराजित

    ए डिभिजन लिग : एपिएफसँग त्रिभुवन आर्मी पराजित

    2K
    Shares
    ए डिभिजन लिग : एपिएफसँग त्रिभुवन आर्मी पराजित

    काठमाडौं । मणि लामाको निर्णायक गोलको सहयोगमा बुधवार विभागीय टोली एपिएफले अर्को बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न ए डिभिजन लिगमा बलियो आर्मीबिरुद्ध एपिएफले सुखद् नतिजा निकाल्दा १–० को रोमाञ्चक जित निकालेको हो ।

    एपिएफलाई स्पष्ट अंक दिलाउने क्रममा मणि लामाले ३७ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पेनाल्टी बक्सभित्र विपिन श्रेष्ठले उपलब्ध गराएको बललाई मणिले जाली चुमाउन सफल भएका थिए । यस जितसँगै एपिएफले चार खेलबाट ७ अंक बनाएको छ । पहिलो पराजय व्यहोरेको आर्मीको समान ४ खेलबाट ५ अंक भएको छ ।

    यसअघि आर्मीले तीन खेलबाट एक जित र दुई बराबरी खेलेको थियो । पहिलो खेलमा संकटासँग बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको थियो । यता एपिएफले भने तीन खेलमा समान जित, बराबरी र हारको नतिजा निकालेको थियो ।

    थ्री स्टार क्लवमाथि जितसहित लिगमा सुखद् सुरुवात गरेको एपिएफले दोस्रो खेलमा सातदोबाटोसँग पराजय भोगेको थियो । तेस्रो खेलमा एपीएफले जावलाखेल युथ क्लवसँग बराबरी खेलेको थियो । यसअघि पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर बनाएका थिए । दुवैले अवसर खेर फाल्न पुगेका थिए । सुरुवातबाट आक्रामक खेल देखाएको आर्मीको अग्रतपंक्ति बारम्बार चुक्दा एपिएफविरुद्ध अग्रता लिने धेरै अवसर खेर गएका थिए । तर, काउन्टर खेलेको एपिएफले १२ औं मिनेटको प्रयास असफल भएको थियो ।

    कप्तान नवीन लामाको फ्रिकिक क्रसमा सनिश श्रेष्ठलेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८ औं मिनेटमा दिनेश हेन्जनको प्रहार एपिएफका गोलकिपर अन्जल श्रेष्ठले बचाउँदा आर्मीको पहिलो अवसर खेर गएको थियो ।

    ६४ औं मिनेटमा मणीको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने मौका गुमायो । पहिलो हाफमा नतिजा सुम्पिएको आर्मी दोस्रो हाफमा बढी आक्रामक देखिएको थियो । खेलअवधि अवसर पाएपनि सदुपयोग गर्न असफल नै देखियो । कप्तान भरत खवासले पेनाल्टी क्षेत्रमा पुर्‍याएको बललाई सही दिशा दिन नसक्दा बराबरी अवसर खेर गएको थियो । बाँकी समयमा दुवै टोलीले गोलका लागि अवसर खोजे पनि जाली चुमाउन असफल भए ।

    लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा च्यासल मैदानमा खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुने छ भने एन्फा मुख्यालयको मैदानमा हिमालयन शेर्पा र संकटा क्लवबीच खेल हुनेछ । दुबै खेल साढे २ बजे हुनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend