मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।

आज पुनः छलफल गरेर गठबन्धनको तर्फवाट एकजना मात्रै उम्मेदवार बनाउन छलफल हुने छ ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् ।

दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरू समझदारीको प्रयासमा छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend