काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज हुने यूएईविरुद्धको खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई विश्वकीर्तिमान बनाउने मौका छ ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्।
यदि यूएईविरुद्ध २ विकेट हात पारे उनी ओडिआईमा सर्वाधिक कम खेलमा १ सय विकेट पूरा गर्ने बलर बन्नेछन् ।
हालसम्म यो कीर्तिमान अफगानिस्तानका स्टार स्पिनर राशिद खानको नाममा छ । उनले ४४ खेलमा ओडिआईमा १ सय विकेट पूरा गरेका थिए । सन्दीपले भने यो उपलब्धि ४१ खेलमै हासिल गर्ने सम्भावना छ ।