logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

    लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

    1.7K
    Shares
    लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

    काठमाडौं । काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

    टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको युएई ताजा अवस्थामा २२.६ ओभरमा ३ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।
    २२.६ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा सीपी रिजवान रनआउट भएका छन् । उनलाई मिडविकेटको क्षेत्रबाट भीम सार्कीले आउट गरेका हुन् । उनले ७ रन बनाए ।

    आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईलाई तेस्रो झटका लागेको छ।

    यसअघि नेपाललाई पहिलो सफलता ललित राजवंशी दिलाएका थिए। उनले युएईंका ओपनर आर्यन लाक्रालाई ६ रनमा आउट गरेका थिए।युएईका ब्याटसम्यान मुहम्मद वासीमआउट भएका छन्। उनी ४९ बलमा ६३ रन बनाउँदै आउट भएका हुन्। उनको विकेट सन्दीप लामिछानेले लिएका छन्। यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।

    खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend