logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ए डिभिजन लिग : पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल सुरु हुँदै

    ए डिभिजन लिग : पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल सुरु हुँदै

    1.5K
    Shares
    ए डिभिजन लिग : पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल  सुरु हुँदै

    काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

    च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । खुमलटार ४ खेलमा ६ अङ्कका साथ सातौँ स्थानमा र सातदोबाटो ४ खेलमा ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।

    यस्तै, एन्फा कम्प्लेक्समा हुने खेलमा दिउँसो साढे २ बजे नै हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब खेल्दैछन् । हिमालयन शेर्पा ४ खेलमा ४ अङ्कका साथ ११ औँ र सङ्कटा ४ खेलमा ५ अङ्कका साथ आठौँ स्थानमा छ ।

    यस सिजनको ए डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भैरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend