मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतबाट कमब्याक गर्दै अभिनेता पल शाह

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतबाट कमब्याक गर्दै अभिनेता पल शाह

काठमाडौं । अभिनेता पल शाहले ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको बताएका छन् । एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । रुकुममा जारी महोत्सवमा सहभागी हुन पुगेका उनले यस्ताे बताएका हुन् ।

अभिनेता शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगेका हुन् । बहिनी रोशनीसँगै हेलिकप्टर चढेर उनी त्यहाँ पुगे । महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।

उनले जेल जीवनको अनुभव पनि बाँडे । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे ।

दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend