logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा हुन्, हरिप्रसाद प्रधान हुन् भन्ने कुरा गलत : ओली

    नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा हुन्, हरिप्रसाद प्रधान हुन् भन्ने कुरा गलत : ओली

    2.9K
    Shares
    नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा हुन्, हरिप्रसाद प्रधान हुन् भन्ने कुरा गलत : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेर राणाका माहिला छोरा भएको बताएका छन् । बिहीबार कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

    अध्यक्ष ओलीले कतिपयले हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश भन्ने गरे पनि त्यो गलत रहेको बताए ।

    ‘नेपालको पहिलो प्रधानन्यायाधीशका लागि मोहन शमशेर र जुद्ध शमशेरका माइला छोराबीच चुनाव भयो । त्यो चुनावमा पहिलो प्रधानन्यायाधीश जुद्ध शमशेरका छोरा प्रधानन्यायाधीश चुनिए’ ओलीको भनाइ छ । २००७ सालको क्रान्तिसम्म आइपुग्दा १३ वटा अपिल कोट र ५७ वटा जिल्ला अदालत स्थापना भएको बताए ।

    उनले दार्जिलिङमा वकालती पेस गरेर बसेका भारतीय नागरिक हरिप्रसाद प्रधानलाई नेपाल ल्याएर संविधान संशोधन गरेर उनलाई नै प्रधानन्यायाधीशमा नियुक्त गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend