logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल, ८६ रन जितका लागी आवश्यक

    यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल, ८६ रन जितका लागी आवश्यक

    2.5K
    Shares
    यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै नेपाल,  ८६ रन जितका लागी आवश्यक

    काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले जितका लागी नेपाललाई दिएको ३११ रनको लक्ष्य पछ्याउँने क्रममा अहिले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ३९ ओभरको खेल समाप्ती हुँदा नेपालले २ सय २५ रन बनाएको छ । ६ विकेटको क्षतिमा नेपालले २२५ रन जोडदा नेपाललाई जितका लागि ११ ओभरको खेलमा ८६ रन बनाउनुपर्ने चुनाैती छ ।

    तेस्रो बलमा जहूर खानको बलमा १ रन लिँदै कुशल भुर्तेलले एकदिवशीय अन्तर्राष्ट्रिय करिअरको पाँचौं अर्धशतक पूरा गरेका छन् ।

    अर्धशतक बनाएर खेलिरहेका आरिफ शेख जहुर खानको बलमा लङ अनको क्षेत्रमा भृत्य अरविन्दको हातबाट क्याचआउट भएका छन् । यो विकेटसँगै नेपाललाइ ठूलाे नाेक्सानी भएकाे छ ।

    आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend