काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन Automated Teller Machine (ATM) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पिओएस (Point of Sale (POS) मेशिनको माध्यमबाट Green PIN Set गर्न, PIN परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ ।
विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।