logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • छनोट खेल हुँदै विश्वकपको लागि यस्तो हुनेछ नेपालको यात्रा

    छनोट खेल हुँदै विश्वकपको लागि यस्तो हुनेछ नेपालको यात्रा

    9.1K
    Shares
    छनोट खेल हुँदै विश्वकपको लागि यस्तो हुनेछ नेपालको यात्रा

    काठमाडाैँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ ।

    जिम्बावेमा आगामी  जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

    नेपाल आइसिसी विश्वकप लिग–२ को शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोटमा स्थान बनाएको हो । नेपाल ३६ खेलमा ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । नामिबिया ३६ खेलमा ३९ अंकका साथ चौथो स्थानमा रह्यो ।

    जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् ।

    शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागीता हुनेछ। विश्वकप लिगको आधारमा हुनेछ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend