logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

    व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

    1.9K
    Shares
    व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु

    एजेन्सी । दक्षिण भारतीय शहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

    आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ, एक प्रहरी अधिकारीले भनेका छन्। त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend