logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप’ बैशाखमा

    ‘स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप’ बैशाखमा

    2.1K
    Shares
    ‘स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप’ बैशाखमा

    लमजुङ । पर्यटन व्यवस्थापन समिति क्व्होलासोथर ३ घलेगाउँको आयोजनामा छैटौं स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८० को बैशाखमा आयोजना हुने भएको छ ।

    आयोजकले जिल्ला भित्र र बाहिरको क्लबको सहभागितामा स्मार्ट भिलेज आमन्त्रिण गोल्डकप बैशाख १ गतेबाट हुने जानकारी गराएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

    सहभागी टोलीमा नेपाल एपिएफ क्लब काठमाडौं, कास्की ११, पोखरा, रोड्स एफसी चितवन, गोर्खा ब्वाइज बुटवल, समाज कल्याण खेलकुद केन्द्र काठमाडौं, नेपाल भानु युनाइटेड तनहुँ, बुथ युथ क्लब (बिवाइसी) भोटेवडार लमजुङ, त्रिवेणी युवा क्लब लमजुङ, लाली गुरास यसवा क्लब भुजुङ र बेशीशहर युथ सोसाइटी लमजुङ रहेका छन् ।

    गोल्डकपको विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ, कप र स्वर्णपदक प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख ५ सय ५५ रुपैयाँ, कप र रजतपदक प्राप्त गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend