logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

    राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

    2.1K
    Shares
    राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छु : नवनिर्वाचित उपराष्ट्रपति यादव

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताएका छन् ।

    शुक्रवार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै त्यसलाई निस्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बताए ।

    उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवद्र्धन गर्नमा मेरो इमान्दारिताकासाथ भुमिका रहनेछ । मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पु¥याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ । हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो । उहाँहरुसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’

    नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भुमिका खेल्ने जनता र सांसहरुप्रति धन्यवाद प्रकट गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend