logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक एक पक्षीय : अध्यक्ष लिङदेन

    सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक एक पक्षीय : अध्यक्ष लिङदेन

    2.4K
    Shares
    सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक एक पक्षीय : अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । सरकारले कृषि मलमा कटौति गरेको अनुदानका बिरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेका बताए ।

    उनले भने, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ । विधान बमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ । आजको बैठकमा संसदमा कसरी पेस हुने विषय र विभिन्न विधेयकको विषयमा व्यापक रुपले छलफल गरेको छौँ । संसदीय अभ्यासका बारेमा प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षणका दिने निर्णय गरेका छौँ ।’

    अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा फरक मत राख्ने बताए । उनले यो विधेयक एक पक्षीय रहेको बिद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाए । उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि बताए ।

    उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ । यो विधेयक एक पक्षीय छ । खासगरी बिद्रोही पक्षको लागि मात्रै छ । द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन । यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ ।’

    पार्टीले संघीय र प्रदेश सांसदहरुलाई संसदमा उपस्थिति जनाउनेबारेमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ ।

    संसदलाई बढी भन्दा बढी बिजनेस दिनुप¥यो भन्नेकुरा भएको छ । भालिको संसदमा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधि सभा नियमावलीलाई संद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ । बेपत्ता व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।

    गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्छ, यसमा कुनै विकल्प छैन ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend