सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सभामुखको अभिव्यक्तिमाथि संसदमा गर्जिए सांसद

सभामुखको अभिव्यक्तिमाथि संसदमा गर्जिए सांसद

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरूबारे केही दिन अगाडि दिएको अभिव्यक्तिमाथि संसदमा प्रश्न उठेको छ ।

‘पत्रकारहरू विक्रीमा छन्’ भन्दै पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे कांग्रेसका सांसद रामहरि खतिवडा र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न उठाएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद रामहरि खतिवडाले पत्रकार र पत्रकारिताबारे अभिव्यक्ति दिंदा त्यसले प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरे ।

त्यस्तै सांसद सुवालले यदि सभामुखले भनेजस्तै पत्रकारहरु बिकाउ हो भने कुन-कुन हो छानविन समिति बनाएर अध्ययन गर्न माग गरे । सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै उनले ध्यानाकर्षण गरे ।

घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग शुक्रबार भएको भेटघाटमा पत्रकारहरू बिक्रीमा रहेको अभिव्यक्ति दिएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend