logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • त्रिवि स्ववियु चुनावको मतदान प्रक्रिया सम्पन्न

    त्रिवि स्ववियु चुनावको मतदान प्रक्रिया सम्पन्न

    2.1K
    Shares
    त्रिवि स्ववियु चुनावको मतदान प्रक्रिया सम्पन्न

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत देशभरका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा मतदान प्रक्रिया सकिएको छ ।

    मतदान सकिएका क्याम्पसहरूले आजै मतगणना प्रक्रिया सुरु गर्ने जनाएका छन् । निर्वाचन केन्द्रीय समितिले बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकेको थियो । समितिका सदस्य सचिव पशुपति अधिकारीले मतदान भएका क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको बताए । शङ्करदेव क्याम्पसमा भने ३५ प्रतिशतमात्रै मत खसेको छ ।

    काठमाण्डौ उपत्यकाका २२ मध्ये सात क्याम्पसमा आज मतदान भएन । पोखराका चार र चितवनका तीन क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका एक सय छ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend