logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गाँजासहित वीरगञ्जको सीमा क्षेत्रबाट भारतीय नागरिक पक्राउ

    गाँजासहित वीरगञ्जको सीमा क्षेत्रबाट भारतीय नागरिक पक्राउ

    2.3K
    Shares
    गाँजासहित वीरगञ्जको सीमा क्षेत्रबाट भारतीय नागरिक पक्राउ

    वीरगञ्ज । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    वीरगञ्ज महानगरपालिका–१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर निवासी २७ वर्षीय ओमप्रकाश सिंहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    विआर ०६ जि ऐ ९६९१ नम्बरको मिनि ट्रकमा गाँजा लुकाइ भारततर्फ लैजाँदै गएको अवस्थामा पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

    इन्र्वागाउँस्थित धर्मकाँटा अगाडि रोकिराखिएको भारतीय ट्रकलाई नियन्त्रणमा लिई जाँच गर्दा गाँजा गरिएको थियो । चैत ४ मा पक्राउ परेका सिंहलाई चैत ५ मा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद बुझेको सूचना अधिकारी सिंहले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend