logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्रीप्रति लिङदेनको कटाक्ष : नयाँ गाडी चलाउन दिँदादिँदै पुरानोमा फर्किनु भयो

    प्रधानमन्त्रीप्रति लिङदेनको कटाक्ष : नयाँ गाडी चलाउन दिँदादिँदै पुरानोमा फर्किनु भयो

    2.2K
    Shares
    प्रधानमन्त्रीप्रति लिङदेनको कटाक्ष : नयाँ गाडी चलाउन दिँदादिँदै पुरानोमा फर्किनु भयो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो व्यंग्य गरेका हुन् ।

    उनले नयाँ गाडी दिँदादिँदै पनि ड्राइभर पुरानो गाडीमा फर्किएपछि आफू बाध्य भएर सरकारबाट छुट्नुपरेको बताए । उनले प्रधानमन्त्री दाहालले धोका दिएपछि आफू सरकारबाट बाहिरिएको र यसमा इतिहासले मूल्यांकन गर्ने बताए । उनले हाइड्रोजन गाडी दिँदैदिँदै प्रधानमन्त्री थोत्रको गाडीमा फर्किएको उनको तर्क थियो ।

    अध्यक्ष लिङदेनले भने, ‘हामीले त लाइसेन्स प्राप्त ड्राइभरलाई गाडी चलाउन दिएका थियौँ । तर उहाँ स्टार्ट गर्न नपाउँदै पुरानै गाडी चलाउँछु भनेर झर्नुभयो । त्यसपछि हामी सरकारमा बसिरहन सकेनौँ । समर्थन फिर्ता लियौँ । तर उहाँले धोका दिनुभयो । यो मुलुकमा नैतिकता पनि हुन्छ भनेर हामीले देखायौँ । प्रधानमन्त्री दिइरहेको गाडी छोडेर भाग्नुभयो ।’

    अध्यक्ष लिङदेनले राप्रपाले विश्वासको मत नदिने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend