logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

    1.5K
    Shares
    प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, ‘प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।’ उनले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताए ।

    निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उनले प्रष्ट पारे ।

    ‘हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ । निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो । त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ’, उनले भने ।

    स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend