शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सरकार गठनको प्रक्रियामा गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

सरकार गठनको प्रक्रियामा गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं । एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ । कार्यदलले गठबन्धनका दलहरुसँग छलफल गर्ने र आफ्नो दलको तर्फबाट को-को सरकारमा जाने भनेर छलफल गर्नेछ ।

आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend