logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुनौति समाना गर्दै सफल भइन्छ : कप्तान चेम्जोङ

    चुनौति समाना गर्दै सफल भइन्छ : कप्तान चेम्जोङ

    2.3K
    Shares
    चुनौति समाना गर्दै सफल भइन्छ : कप्तान चेम्जोङ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतिपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान किरणले तयारी छोटो समय भएको र चुनौतिपूर्ण रहेको बताएका हुन् ।

    उनले भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरु सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए । कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भएपनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए ।

    यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफुले राम्रो टोली निमार्ण गरेको बताए । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांस युवा खेलाडी समेटिएको उनले बताए । लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने बताए ।

    एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताए । पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दैछ । यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीबिरुद्ध राम्रो खेल्ने बताए । उनले भविष्यका लागि टीम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षा अनुसारको गर्न नसकेको बताए । तर नेपालबिरुद्ध प्रतिष्पर्धात्मक खेल खेल्ने बताए ।

    लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।

    यता पछिल्लो संस्करणको एशियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको बताए । युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसावले सक्षम भएको र शत प्रतिशत दिएर खेल्ने बताए ।

    भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । पछिल्लो पटक दशिक्षण एशियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आफु खुशी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताए । उनले टोलीमा केही अनुभवि खेलाडी समेटीएको र युवा प्रतिवान खेलाडीको सम्मिश्रण रहेका राम्रो खेल हुने बताए ।

    सिंगल राउण्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो ।

    प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ । यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend