logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी छ : मनिष सुमन

    सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी छ : मनिष सुमन

    2.2K
    Shares
    सत्ता गठबन्धनबाट बारा २ मा जसपाको दाबी छ : मनिष सुमन

    काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ । पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

    बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे । उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताए । उनले आजको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको बताए ।

    उनले भने, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसको लागि आयोगले निर्धारित गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ । यही चैत्र २७,२८ र २९ गते तीन दिनको लागि हामीले काठमाडौंमा नै विधान अधिवेशन गर्ने निर्णय गरेका छौँ । त्यसका लागि विभिन्न जिल्ला लगायतमा रहेका विभिन्न समितिहरुलाई कसरी प्रतिनिधित्व गराउने भन्ने र अधिवेशनलाई व्यवस्थित गर्न रकम चेम्जोङ, विजय यादव र मनिष सुमनको तीन जनाको कार्यदल बनेको छ । अहिलेसम्म जनता समाजवादी पार्टीले बारा २ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिसकेको छैन । तर हाम्रो पार्टीको निर्देशिकाले क्षेत्रिय समितिले प्रश्ताव गरेको निर्णयलाई हस्ताक्षर गर्नेछौँ । बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रैतर्फबाट हुन्छ ।’

    प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend