logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपालगञ्जमा गुणस्तरीय कालोपत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि

    नेपालगञ्जमा गुणस्तरीय कालोपत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि

    2.5K
    Shares
    नेपालगञ्जमा गुणस्तरीय कालोपत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि

    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ ।

    उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । ‘अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै जारी छ’, उनले भने ।

    उनका अनुसार उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हँुदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ । वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो । विभिन्न टोलमा थप कालोपत्र, पिसीसी तथा आरसीसी नालासहित माटो ग्राबेलको काम जारी रहेको वडाध्यक्ष वर्माका भनाइ छ ।

    स्थानीय पुष्पलालचोकदेखि जमुनाह सडक कालापत्रे गर्न पनि अस्फाल्ट प्रविधि अपनाइएको छ । सडक डिभिजन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले काम गर्न सजिलो र लामो समयसम्म टिक्ने कालोपत्र हुने भएकाले नयाँ अस्फाल्ट प्रविधिको प्रयोग गरिएका बताए ।

    उनले यस प्रविधिमार्फत गरिएको कालोपत्र सडक कम्तीमा सात वर्षसम्म टिकाउ हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend