logo

२०८१ जेष्ठ १ मंगलबार

logo
  • मंगलबार, १ जेष्ठ २०८१
  • कोशी नामकरणको विरोध प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

    कोशी नामकरणको विरोध प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

    6.6K
    Shares
    कोशी नामकरणको विरोध प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

    काठमाडौं । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको छ। चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते लिम्बुको बिहीवार राति उपचारको क्रममा मृत्यु भएको हो ।

    विराटनगरमा निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जाने क्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए। टाउकोमा चोट लागेका लिम्बूलाई बुधवार राति बान्ता गरेपछि बीपी अस्पातल धरान लगिएको थियो।

    बेहोस अवस्थामा अस्पताल लगिएका लिम्बुको बिहीवार राति मृत्यु भएको हो । घटनाको जिम्मा प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवं नेपाल प्रहरीले लिनुपर्ने भन्दै पुनः नामांकन संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ। उनलाई सहिद घोषणा गर्नुपर्ने पनि माग राखिएको छ।

    धरान १५ मा बसोबास गर्दै आएका लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए। उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend