logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी

    नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी

    1.8K
    Shares
    नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी

    काठमाडौं । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक
    गरिएको हो ।

    नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।

    यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित छन् । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । त्यस्तै भक्तपुरमा सबैभन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend