मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनको मूल्य आज फेरि उकालो लागेको छ । अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो।

यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ।

आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend