logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    2.3K
    Shares
    वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

    अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, “नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार ! उनलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो । उहाँको निधनको खबरले अत्यन्त दुःखी छु ।”

    निमोनियाबाट पीडित ताम्राकारको गएराति ८६ वर्षको उमेरमा निधन भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend