logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बुटवल–भैरहवा खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    बुटवल–भैरहवा खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    2K
    Shares
    बुटवल–भैरहवा खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा खण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    बुटवल उपमहानगरपालिका–१० होराइजन चोकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु७२प ७३९२ नं को मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको लु१क ५३५ नंको बसमा ठोक्किएर अनियन्त्रित भई भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु१७प ३७६२ र लु६प ६०२ नंका मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    दुर्घटनामा लु७२प ७३९२ नंको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका–४ का २० वर्षीय युवक आविष्कार टण्डनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै लु१७प ३७६२ नंको मोटरसाइकलका चालक तिलोत्तमा–७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडि सवार ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन् । घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend