logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • घराशयी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुगेका छन् : अग्रवाल

    घराशयी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुगेका छन् : अग्रवाल

    1.8K
    Shares
    घराशयी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुगेका छन् : अग्रवाल

    काठमाडौं । नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले पहिले घराशयी कामकाजमा सीमित हुने महिला अहिले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुगेको उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    पछिल्ला दिनमा महिला नेतृत्व विकास हुँदै गएको व्यावसायिक जगतमा महिला पनि पुरुष जत्तिकै प्रतिस्पर्धी रहेको उनको भनाइ छ । लैङ्गिक समानताका क्षेत्रमा नेपाल उद्योग परिसङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको अग्रवालले बताए ।

    “महिलामा पनि समान वित्तीय पहुँच पुर्‍याएर उद्यमशीतला विकासमा निजी क्षेत्रले योगदान पुर्‍याइरहेको छ । ठूला व्यावसायिक संस्थामा महिला नेतृत्व आइरहेका छन् । कार्यस्थलको समानताले घरमा पनि समानता कायम गर्नेमा हामी विश्वास गर्छौं”, उनले भने । नेपालमा महिला उद्यमशीलता विकासका लागि थप प्रयास गर्न आवश्यक रहेको पनि उनले बताए । नेपाल राष्ट्र बैंकले महिला उद्यमीका लागि रू २० लाखसम्म बिना धितो ऋण दिने व्यवस्था गरेको भए पनि त्यसको प्रभावकारिता न्यून रहेको अग्रवालले उल्लेख गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend