logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु : मन्त्री किराँती

    कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु : मन्त्री किराँती

    2.3K
    Shares
    कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु : मन्त्री किराँती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताएका छन् । मन्त्री किराँतीले मिस लिम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं यस्तो बताएका हुन् ।

    पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिए । उनले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताए । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पारे ।

    उनले भने, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ । किराँतीहरुको चेलीहरु राम्री मात्रै हुँदैनन्, बहादुर पनि हुन्छन् ।’

    मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गरे । उनले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताए । उनले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताए । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend