logo

२०८१ असार १ शनिबार

logo
  • शनिबार, १ असार २०८१
  • मनाङले उचाल्यो तिलोत्तमा गोल्डकपको उपाधि

    मनाङले उचाल्यो तिलोत्तमा गोल्डकपको उपाधि

    2.3K
    Shares
    मनाङले उचाल्यो तिलोत्तमा गोल्डकपको उपाधि

    काठमाडौं । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ८–७ गोलले पराजित गर्दै मनाङले उपाधि उचालेको हो ।

    निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

    टाइब्रेकरमा सुदूरपश्चिमलाई ८–७ गोल अन्तरले पराजित मनाङ २२ औं तिलोत्तमा गोल्डकप फुटबलको च्याम्पियन बनेको हो ।

    यो जितसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिम–११ ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend