logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमाले सचेतक बर्ताैलाले नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे

    एमाले सचेतक बर्ताैलाले नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे

    2.2K
    Shares
    एमाले सचेतक बर्ताैलाले नियमापत्तिपछि काँग्रेस उपसभापति खड्काले माफी मागे

    काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलंघन गरेको स्विकार गर्दै माफी मागेका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका माननीयबाट त्यसको उलंघन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्विकार गर्दै माफी मागेका हुन् ।

    एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भिर विषय भएको भन्दै उनले भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलीका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटकपटक मर्यादा विपरित काम भईरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन । पटकपटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरुबाट यस प्रकारको काम भईरहेको छ । सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भईरहेको छ । म गम्भिरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् । यही विषय राख्न चाहन्छु ।’

    त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उलंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’

    प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँडन कोही पनि सदस्यलाई अनुमती नहुने उल्लेख गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend